जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अस्पतालमा उपचार जारी

0

एजेन्सी : जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था निकै गम्भीर भएको बताइएको छ । 

नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको हो । भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको हो । 

पहिलो पटक हानेको गोली उनलाई नलागेको तर दोस्रो गोली उनको ढाडमा लागेको हो । गोली हाने लगत्तै उनलाई अस्पताल भर्ना गरिएको छ । 

टोकियोका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएका छन् । 

उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको हो । 

प्रत्यक्षदर्शीहरूले आफूले एउटा ठूलो बन्दुक बोकेको मान्छे देखेका बताएका छन् । प्रहरीले हतियार बरामद गर्नुका साथै आक्रमणकारीको पहिचान समेत गरेको छ । 

जापानमा हाते बन्दुक प्रतिबन्धित रहेको छ । यस्तो प्रकारको आक्रमणको प्रकारको घटना एकदमै दुर्लभ मानिन्छ । 

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन । स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.