बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया शुरु

0

एजेन्सी : बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया शुरु भएको छ । 

प्रधानमन्त्री बोरिस जोनसनले पार्टीको जिम्मेबारीवाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको दौड शुरु भएको हो । 

संसदमा कन्जरभेटिभ पार्टीकै बहुमत कायम रहेकाले नयाँ प्रधानमन्त्री पनि सोही पार्टीबाटै बन्ने निश्चित छ । सो पार्टीबाट प्रधानमन्त्री बन्नका लागि एक दर्जन आकांक्षी देखिएका छन् । पार्टीको संसदीय दलको नेताले बहुमत पुर्‍याउने व्यक्ति प्रधानमन्त्री बन्नेछ । 

संसदीय दलको नेता बन्न कम्तिमा आठ जना सांसदको समर्थन लिएर जति जना पनि उम्मेदवार बन्न पाउने व्यवस्था छ । उम्मेदवारको संख्या दुई जनामा नझरेसम्म मतदान भैरहन्छ । अन्तिमा दुई जनाबीचको प्रतिस्पर्धाबाट संसदीय दलको नेता चयन हुने गर्दछ । 

प्रधानमन्त्रीका आकांक्षीरुका रुपमा पूर्वअर्थमन्त्री ऋषि सुनाक, विदेशमन्त्री जिल ट्रष्ट, स्वास्थ्यमन्त्री सजिद जाविद, रक्षामन्त्री वेन वालेस, गृहमन्त्री प्रीति पटेललगायतलाई हेरिएको छ । 

दौडमा रहेका १२ जना मध्ये जोन्सन सरकारमा रक्षामन्त्री रहेका वालेस सबै भन्दा लोकप्रिय देखिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । दोस्रो नम्बरमा पूर्वअर्थमन्त्री ऋषि सुनाक रहेका छन् ।

Leave A Reply

Your email address will not be published.