प्रचण्डले प्रस्ताव गरेका पोलिटब्युरो सदस्यको नाममा विवाद

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेका पोलिटब्युरो सदस्यको नाममा विवाद भएको छ । 

काठमाडौंमा जारी माओवादीको केन्द्रीय समिति बैठकमा बिहीबार १ सय २५ पोलिटब्युरो सदस्यहरुको नाम वाचन गरे लगत्तै त्यसमा केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका हुन् । 

उनीहरुले भूगोल क्षेत्र नसमेटिएको तर आफन्तलाई राखिएको भन्दै असहमति जनाएका छन् । पोलिटब्यूरो मापदण्डको विषयलाई लिएर केन्द्रीय सदस्यले विरोध जनाएका छन् । 

पोलिटब्युरो सदस्यको नामावलीप्रति प्रदेश एक, मधेस प्रदेश र काभ्रेका नेताहरुले बढि असन्तुष्टि जनएका छन् । दाहालले पोलिटब्यूरो सदस्यमा छोरी, बुहारी, भाइ र स्वकीय सचिवलाई समेत समेटेका छन् । 

सूचीमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रतिनिधि सभा सदस्यसमेत रहेकी बुहारी बीना मगर, राष्ट्रिय सभा सदस्य रहेका भाइ नारायण दाहाल र स्वकीय सचिव रहेका रमेश मल्ल पोलिटब्यूरो सदस्यमा प्रस्तावित भएका हुन् । 

दुई दिन अघि दाहालले केन्द्रीय सदस्यमा छोरी गंगा दाहाल र ज्वाइ जीवन आचार्यलाई मनोनित गरेका थिए । दाहालले परिवारवाद लागू गरेको भन्दै कार्यकर्ता असन्तुष्ट छन् । 

माओवादीको पदाधिकारी र स्थायी समिति सदस्यको पनि चयन हुन बाँकी छ । पोलिटब्यूरोपछि स्थायी समिति र पदाधिकारीको पनि नाम प्रस्ताव गर्ने तयारी रहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.