जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता र त्यागको सन्देश दिए : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता र त्यागको सन्देश दिएको बताएका छन् ।

बिहीबार केन्द्रीय समिति बैठकमा उनले शर्माले आफूले केही नगरेको बताएको र त्यसबाट सकारात्मक सन्देश गएको बताएका हुन् ।

राजीनामा नदिएको भए यसै विषयलाई उचाल्दै गठबन्धनलाई नै अप्ठ्यारोमा पार्ने षड्यन्त्र भएको पनि दाहालको भनाइ थियो । शर्माले राजीनामा दिएर राजनीतिक संस्कार देखाएको पनि उनले बताए ।

अर्थमन्त्रीको विषयलाई लिएर माओवादीलाई अपमानित गर्न खोजिने भन्दै उनले जनतालाई यथार्थ जानकारी गराउनुपर्ने पनि उल्लेख गरे ।

असार १९ गते सुरु भएको केन्द्रीय कमिटी बैठक दुई दिन स्थगित भएर आज बसेको हो ।

बैठकले पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरोको टुंगो लगाउने बताइएको छ ।

माओवादीमा एक वरिष्ठसहित छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.