काठमाडौं उपत्यकाका सात स्थानीय तहमा हैजाका बिरामी फेला

0

काठमाडौं : काठमाडौं उपत्यकाका सात स्थानीय तहमा हैजाका बिरामी फेला परेका छन् । 

उपत्यकामा असार गतेदेखि देखिएको हैजा संक्रमण २२ गतेसम्म आइपुग्दा २१ जनामा संक्रमण देखिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हैजा संक्रमित सबैभन्दा धेरै देखिनेमा काठमाडौं महानगरपालिका छ । 

महानगरका १, २, १३, १४, २८ र २९ वडामा ११ जना संक्रमित भएका छन् । 

महानगरबाहिर चन्द्रागिरीमा दुई, कागेश्वरी मनोहरामा तीन र कीर्तिपुर, बूढानिलकष्ठमा एक–एक जनामा हैजा संक्रमण पुष्टि भएको छ । 

त्यस्तै, ललितपुर महानगरपालिकामा दुई र भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । 

विभिन्न स्रोतको पानी शुद्धीकरण नगरिकन पिउँदा हैजा संक्रमण फैलिएको महाशाखाले निष्कर्ष निकालेको छ । 

यसअघि, पहिलोपटक हैजा संक्रमित देखिएको बागबजार क्षेत्रका बिरामीले पिउने गरेको धारा र ट्युबेलको पानीमा इकोली जीवाणु भेटिएको थियो । त्यसपछि संक्रमण देखिएका अधिकांश क्षेत्रको पानीमा सो जीवाणु भेटिएको महाशाखाले जनाएको छ । 

काठमाडौंका धारा, ट्युबेल, इनारको पानीमा इकोली भेटिएकाले पानी उमालेर मात्रै पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.