काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीकै मातहत

0

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीकै मातहतमा राख्ने गरी सहमति जुटाएको छ । 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन विधेयक २०७९ को मस्यौदामा उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीले हेर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । 

काठमाडौं, ललितपुर र भक्तपुर प्रदेश सरकारअन्तर्गत पर्ने जिल्ला भएपनि संघीय राजधानीसमेत भएकाले केन्द्र मातहत राख्ने सहमति समितिले जुटाएको हो । 

काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा नेपाल प्रहरीले नै हेर्ने गरी विधेयकमा व्यवस्था गर्न समिति सदस्यहरुले पनि सुझाव दिएका थिए । 

सरकारले दफा चारमा संशोधन गर्दै नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गरेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था गर्नेछ भन्ने उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.