युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश

0

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका छन् ।

रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन आदेश दिएका हुन् ।

तर युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि आफ्नो फौजलाई सुदृढ पारिरहेको दाबी गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने वाचा गरेको बीबीसीले जनाएको छ । साथै उनले आफ्नो गुमेको भू–भाग जसरी पनि फिर्ता लिने दाबी गरेका छन् । रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरमा आक्रमण तीव्र पारेको छ ।

गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्नुअघि पुटिनले लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए । रुस समर्थित पृथकतावादीले त्यहाँ सन् २०१४ मा विद्रोह सुरु गरेका थिए । त्यसै वर्ष रुसले क्राइमिया प्रायद्वीपलाई आफ्नो देशमा गाभेको थियो ।

Leave A Reply

Your email address will not be published.