जनकपुरमा अनिश्चितकालिन कर्फ्यु आदेश

0

जनकपुर, भदौ २५ । मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि धनुषाको जनकपुरमा शुक्रबार बिहान ६ बजेबाट अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ । मोर्चाले शुक्रबार जनकपुरमा महाक्रान्ति र्‍याली आयोजना गरेसँगै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कायम राख्न भन्दै कर्फ्यु आदेश जारी गरेको हो ।  उता, महोत्तरीमा स्थानीय प्रशासनले बुधबार रातीदेखि जारी गरेको कर्फ्यु शुक्रबार बिहान ६ बजेदेखि ९ बजेसम्म ३ घण्टाको लागि हटाएको छ । कर्फ्यु हटाएसँगै अहिले बजारमा सामान किन्नेको चहलपहल बढेको छ । महोत्तरीमा सेना परिचालन समेत गरिएको छ ।

Leave A Reply

Your email address will not be published.