संविधानसभामा मतदान प्रक्रिया सुरु

0

काठमाडौं, भदौ २५ । नयाँ संविधानका लागि संविधानसभामा शुक्रबारदेखि मतदान प्रक्रिया शुरु हुने भएको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलका शीर्ष नेताहरुलाई शुक्रबार अपरान्हदेखि संविधान विधेयकमाथि मतदानको प्रक्रिया शुरु गर्ने जानकारी दिएका छन् । तीन दलका शीर्ष नेताले धारणा राखेपछि विधेयकमाथि मतदान शुरु हुने छ ।
विधेयकमाथिको दफावार छलफल लगभग सम्पन्न भएको छ । दफावार छलफलमा बोल्न बाँकी ६ जना सभासद र तीन दलका शीर्ष नेताले धारणा राखेपछि आज अपरान्ह २ बजे मतदान शुरु हुने अध्यक्ष नेम्वाङले बताए । चौतर्फी दबाबका बीच पनि संविधान निर्माण प्रक्रिया नरोक्ने तीन दलको अडानपछि सभाध्यक्षले विधेयकलाई मतदानमा लैजान लागेका हुन् । पहिलो चरणमा विधेयकमाथि परेका ५४ वटा संशोधन प्रस्तावलाई मतदानमा लगिने छ । विधेयकमा परेका संशोधन स्वीकार गर्ने या नगर्ने भनेर क्रमबद्ध संविधानसभामा मतदान गरिने नेम्वाङले बताए ।

Leave A Reply

Your email address will not be published.