गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

0

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेका छन् । 

गृहमन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ । 

मन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरणका लागि आग्रह समेत गरेका छन् । 

जवाफमा राजदूत श्रीमावस्तवले पहल गर्ने आश्वासन दिएका छन् । 

भर्खरै जिम्मेवारी सम्हालेका राजदूत श्रीवास्तव केही दिनदेखि राजनीतिक भेटमा सक्रिय छन् ।

Leave A Reply

Your email address will not be published.