बैठक लम्ब्याएर भएपनि पदाधिकारी टुंग्याउन माओवादी नेतृत्वलाई दबाब

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा सहभागीहरुले नेतृत्वलाई पदाधिकारीको विषय टुंगो लगाउन दबाब दिएका छन् । 

बैठकमा सहभागी नेताहरुले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनुपर्ने माग राखेका हुन् । 

२०७८ पुसमा माओवादीको महाधिवेशन भएपनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक पदाधिकारी चयन हुन सकेका छैनन् । 

आइतबार बसेको केन्द्रीय समिति बैठकमा सहभागी नेताहरुले पदाधिकारी र अरु संरचना टुंग्याउन नेतृत्वको ध्यानाकर्षण गराए । 

स्थानीय तहको निर्वाचनअघि अध्यक्ष दाहालले निर्वाचनपछि पदाधिकारीलगायत अन्य विभागीय प्रमुख चयन हुने बताएपनि विवाद कायमै रहेकाले संघको निर्वाचनपछि यसलाई पुर्‍याउने सम्भावना रहेको छ । 

चुनावको तयारी गर्न पनि संगठनात्मक संरचनामा हेरफेरको माग पनि नेताहरुले माग गरेका छन् । 

बैठकमा केन्द्रीय सदस्यहरुले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको भन्दै पार्टी एक्लै चुनाव लडनुपर्ने माग पनि उठाएका छन् ।

Leave A Reply

Your email address will not be published.