एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउनै बाँकी छ : परराष्ट्र मन्त्रालय

0

काठमाडौं : परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्र पठाउन बाँकी नै रहेको बताएको छ । 

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको जनाएको हो । 

गृहमन्त्री बालकृष्ण खाँणले संसदमा एसपीपीमा सहभागी नहुने सरकारको निर्णयसहित अमेरिकालाई लिखित पत्र पठाइसकेको बताएका थिए । 

तर मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको उक्त निर्णयमाथि अध्ययन भइरहेको जानकारी दिइन् ।

सरकारले असार छ गते एसपीपी कार्यक्रममा संलग्न नहुने निर्णय गरेपनि पत्र भने अहिलेसम्म नपठाएको हो । 

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको पनि जानकारी दिएको छ । 

भ्रमणको अन्तिम टुंगो लागेपछि विवरण सार्वजनिक गर्ने प्रवक्ता लम्सालले बताइन् । प्रधानमन्त्री देउवाको चीन भ्रमणको तयारी भइरहेको उनले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.