माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु, प्रचण्डले प्रस्तुत गरे ९ एजेण्डा

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक काठमाडौंमा शुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ वटा एजेण्डा प्रस्तुत गरेका छन् । 

बैठकको पहिलो एजेण्डामा शहीदहरुप्रति श्रद्धान्जली, दोस्रो केन्द्रीय समितिका नयाँ सदस्यको सपथ, तेस्रो बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी रहेका छन् ।

त्यस्तै, बैठकमा प्रदेशका तर्फबाट प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गर्ने छन् । उनीहरुका लागि १० मिनेट समय निर्धारण गरिएको छ । मधेश प्रदेशको हकमा इञ्चार्जले रिपोर्टिङ गर्ने छन् ।

यसैगरी, बैठकमा अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे सम्बोधन गर्नेछन् । यस्तै, संगठनात्मक विशेष एजेण्डा पनि राखिएको छ । यो एजेण्डामा पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो गठनलाई राखिएको छ ।

बैठकले स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघको निर्वाचनबारे तयारीसमेत एजेण्डामा राखिएको छ । ९औँ एजेण्डाको रुपमा विविधलाई राखिएको अध्यक्ष प्रचण्डले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.