आफूलाई कारबाही गर्ने ५ नेतालाई वामदेव गौतमले गरे निष्कासन

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानमा विवाद चुलिएको छ ।

पार्टीको एक समूहले संयोजक वामदेव गौतमलाई नै पार्टीबाट निष्कासन गरेको घोषणा गरेपछि विवाद चुलिएको हो ।

शनिबार युवराज सफल सहित चार दलको समूहले गौतमलाई नै पार्टीबाट निष्कासन गरेको घोषणा गरेको थियो । त्यस लगत्तै पार्टीका संयोजक वामदेव गौतमले आफूमाथि कारबाही गर्ने पाँच जनालाई निष्कासन गरेका छन् ।

गौतम पक्षको शनिबार साँझ बसेको बैठकले पार्टीविरोधी गतिविधि गरेको भन्दै सफलसहित पाँच नेतालाई कारबाही गर्नेे निर्णय गरेको हो ।

गल्ती महसुस गरे कारबाहीमा पुनर्विचार हुनसक्ने गौतम समूहको भनाइ छ ।

पूर्वएमाले नेता गौतमले आफ्नै संयोजकत्वमा असार १४ गते ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको पार्टी घोषणा गरेका थिए । अभियानमा जोडिएका चारवटा पार्टीले गौतमलाई नै पार्टीबाट निष्कासन गरेपछि विवाद थप चुलिएको छ ।

Leave A Reply

Your email address will not be published.