बुद्धनगरस्थित केएमसी स्कुलमा एक कर्मचारी मृत फेला, परिवारले उठाउन मानेनन् शव

0

काठमाडौं : काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलमा सोही स्कूलकी एक कर्मचारी मृत अवस्थामा फेला परेकी छन् ।

प्रहरीका अनुसार केएमसी स्कूलमा क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका- ८, मेच्छे स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुका स्कुलमै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

रमाका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । विद्यालयको होस्टेलमा कार्यरत रायमाझीको हत्याको आशंका गर्दै उनीहरुले शव उठाउन नमानेका हुन् ।

रमा केएमसी स्कुलमा ५ वर्षदेखि कार्यरत् थिइन् । हरेक दिन बिहान ७ बजे स्कूल गएर साँझ ७ बजे फर्किने गरेकी उनी शनिबार साँझ साढे ७ बजेसम्म पनि कोठामा नआएपछि परिवारले खोजी गरेका थिए । त्यस क्रममा उनी आफू कार्यरत विद्यालयकै होस्टेलभित्र मृत भेटिएकी हुन् ।

शनिबार बेलुका नै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Leave A Reply

Your email address will not be published.