ईश्वर पोखरेलको निर्वाचन क्षेत्रबाट रञ्जु दर्शना चुनाव लड्ने

0

काठमाडौं : विवेकशील साझा पार्टी छाडेर स्वतन्त्र भएकी नेतृ रञ्जु दर्शनाले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने बताएकी छन् ।

काठमाडौं क्षेत्र नं ५ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो ।

सामाजिक सञ्जालमार्फत उनले आफू चुनाव लड्ने कुरा आधिकारिक रूपमा जानकारी गराएकी हुन् ।

दर्शना अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंको नगरप्रमुखमा प्रतिस्पर्धा गरेर चर्चामा आएकी थिइन् ।

उनले भनेकी छन्, ‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ, आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’

Leave A Reply

Your email address will not be published.