महिला साफ च्याम्पियनसिप नेपालमा हुने

0

काठमाडौं : महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ । 

ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) कंग्रेसको बैठकले नेपालमा साफ आयोजना गर्ने निर्णय गरेको हो । 

बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ नेपालमा आयोजना गर्न गरेको प्रस्ताव अनुमोदन गरेको हो । 

साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म हुनेछ । नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप आयोजना गरेको थियो । 

साफको कंग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.