एनआरएनए जापानको यौन हिंशामा परेका बालिकाहरुलाई सहयोग ,

0

गैर आबासीय नेपाली संघ जापानले यौन हिंशामा परेका बालिकाहरुलाई सहयोग गरेकोछ । साझा सहयात्रि संस्था लालितपुरमा संस्थाकी अध्यक्षलाई एनआरएनए जापानका सल्लाहकार नरेन्द्र बस्नेतले सहयोग हस्तान्तरण गर्नु भएको हो ।
एनआरएनए जापानकी महिला संयोजक कमला काप्रीको संयोजकतामा संकलन गरिएको ५८ हजार १ सय ८५ रुपैयाँ संस्थाकी अध्यक्ष गीता केसी दर्नाललाई हस्तान्तरण गरिएकोछ । साझा सहयात्री नेपालले यौन हिंसामा परेका बालिकाहरुको काउन्सिलिङ, स्वास्थ्य , सेफ हाउस सहित उनीहरुको शिक्षादिक्षामा सहयोग गर्दै आइरहेको छ ।

विभिन्न जिल्लाका ८ जना हिंशा पीडित बालिकाहरुको शिक्षामा खर्च गर्नका लागि आफुहरुले सहयोग गरेको एनआरएनए जापानकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनिता गुरुङले सो सहयोग बारे बताउनु भयो । संस्थामा ८ बर्ष देखि १८ बर्ष उमेरका बालिकाहरुले आश्रय लिईरहेकाछन ।

एनआरएनए जापानका सल्लाहकार नरेन्द्र बस्नेतले आफुहरुले बालिकाहरुको शैक्षिक क्षेत्रमा थोरै भए पनि सहयोग गर्न पाएकोमा खुशी लागेको बताउनु भयो । गत बर्ष भएको चुनावमा धादलि भएको भन्दै जापानमा निर्बाचित भएको भनिएको समितिलाई आईसिसीले भङ्ग गरेकोले निबर्तमान उपाध्यक्ष अनिता गुरुङको कार्यबाहक समितिले बिभिन्न परोपकारी र सामाजिक गतिबिधी गर्दै आईरहेकोछ । ।

Leave A Reply

Your email address will not be published.