नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

0

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् ।

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका अध्यक्षहरूले वामदेवलाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको घोषणा गरेका छन् ।

शनिबार राजधानीको एक पार्टी प्यालेसमा बसेको उक्त चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई निष्कासन गरी सफलको संयोजकत्वमा सचिवालय समिति गठन गरिएको छ ।

११ सदस्यीय सचिवालयमा कृष्णगोपाल बञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर बञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।

अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतममाथि विभिन्न पाँच बुँदे आरोप समेत लगाएका छन् ।

गौतममाथि सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको आरोप उनीहरूले लगाएका छन् ।

निर्णयमा भनिएको छ, ‘नेकपा एकता राष्ट्रिय अभियानका केन्द्रीय संयोजक कमरेड वामदेव गौतममाथि अभियानमा आवद्ध प्रमुख चार पार्टी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले निम्न संयुक्त पाँच बुँदे आरोप पत्र लगाउँदै संयोजकलाई आजकै मितिदेखि नेकपा एकता राट्रिय अभियानको संयोजकबाट निष्कासन गरी अभियान सचिवालय सदस्य युवराज सफललँई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो ।’

No description available.
Leave A Reply

Your email address will not be published.