वर्तमान सरकारले किसानका लागि मल ल्याउने प्रबन्ध कहीँकतै गरेन : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध कहीँकतै नगरेको दाबी गरेका छन् । 

अखिल नेपाल किसान महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर किसानलाई मल तत्काल उपलब्ध गराउने कुरा गरेपनि मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताएका हुन् । 

उनले वर्तमान सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने दाबी समेत गरे ।

अध्यक्ष ओलीले सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसक्दा मल अभाव भएको पनि बताए ।

उनले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताए ।

अध्यक्ष ओलीले परम्परागत खेति किसानबाट भन्दा औषधिय गुण भएका, फलफूलजन्य, अत्तर बनाउन मिल्ने फूल उत्पादन, यार्चागुम्बा जस्ता उच्च दरको उत्पादन र नाफा दिने खेती गर्नतर्फ लाग्नु पर्ने बताए । 

Leave A Reply

Your email address will not be published.