प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरुद्वारा निजगढ विमानस्थलको निरीक्षण

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले बारा पुगेर निमार्णाधीन निगगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेको छ ।

उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरेका थिए । 

प्रधानमन्त्रीसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले निर्माणाधीन निजगढ विमानस्थलको निरीक्षण गरेका हुन् । उनीहरु निरीक्षण गरेर शनिबार नै काठमाडौं फर्कने कार्यतालिका रहेको छ । 

वतावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमण गरेका हुन् । 

जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ । 

यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनुपर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनसन बिहीबारबाट अन्त्य भएको छ ।

Leave A Reply

Your email address will not be published.