युक्रेनको ओडेसामा रुसी मिसाइल आक्रमणबाट २१ जनाको मृत्यु

0

एजेन्सी : युक्रेनको ओडेसा क्षेत्रमा रुसले गरेको मिसाइल आक्रमणबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ । 

युक्रेनका अधिकारीहरुका अनुसार रुसी मिसाइलमा परी ज्यान गुमाउनेमा एक बालक पनि रहेका छन् । 

शेर्हियिभ्का गाउँस्थित नौ तलाको भवनलाई लक्षित गरी एउटा आक्रमण गरिएको थियो । सो आक्रमणमा परी १६ जनाको मृत्यु भएको थियो । 

त्यस्तै सोही गाउँको एक रिसोर्टमा भएको आक्रमणमा परी एक बालकसहित पाँचजनाको मृत्यु भएको छ । 

पछिल्लो केही दिनयता रुसले युक्रेनमाथि दर्जनभन्दा धेरै मिसाइल प्रहार गरिसकेको छ । 

शुक्रबार रुसका प्रवक्ता दिमित्री पेशकोभले युक्रेनमा आम नागरिकलाई लक्षित गरी कुनै पनि आक्रमण नगरिएको दाबी गरेका छन् । 

उक्त गाउँका स्थानीयले भने यो स्थान शान्त रहेकाले यस किसिमको आक्रमणको अपेक्षा पनि नरहेको बताएका छन् । 

गत फेब्रुअरी २४ यता रुसले निरन्तर युक्रेनमाथि आक्रमण गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.