प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच शुक्रबार भेटवार्ता भएको छ ।

दाहाल निवास खुमलटारमा भेटमा दाहाल र हमालबीच राष्ट्रिय राजनीतिबारे कुरा भएको बताइएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको हमालले दाहालसँग भेट गरेका हुन् ।

देशमा राजनीतिक परिवर्तन भएको र जनतामा चेतनाको स्तर बढेको भन्दै राजनीतिक र सामाजिक आन्दोलनमा प्रचण्डले खेलेको भूमिकाको हमालले प्रशंसा गरेका थिए।

अहिलेको परिवर्तनलाई संस्थागत गर्दै समृद्धि ल्याउन भने बाँकी नै रहेको उल्लेख गर्दै हमालले जनताले अपेक्षा गरेअनुसारको विकास नपाएको बताएका थिए।

Leave A Reply

Your email address will not be published.