स्वास्थ्य मन्त्रालयको अस्पतालहरुलाई निर्देशन : विपद्का घटनाको प्रतिकार्यका लागि तयार रहनू

0

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् तथा महामारीलगायत घटनाको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राख्न पनि मन्त्रालयले देशभरका सबै अस्पतालाई निर्देशन दिएको छ । 

मन्त्रालयले यसअघि नै मनसुन पूर्व–तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी सबैको जानकारी एवं आवश्यक कार्यका लागि  पठाइसकिएको पनि स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । 

मनसुन सक्रिय भए लगत्तै देश भरका विभिन्न स्थानमा लगातार पानी परिरहेको र बाढी, पहिरो एवं अन्य घटनाहरूको सूचना यस स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई/स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रलाई आइरहेको मन्त्रालयले जनाएको छ । 

मनसुनजन्य प्राकृतिक विपदहरूसँगै खानेपानी प्रदूषण भई सरसफाईमा चुनौती थपिने कारणले हैजा रोगलगायत विभिन्न संक्रामक रोगहरू फैलन सक्ने भएकाले जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.
Leave A Reply

Your email address will not be published.