कांग्रेस नेता शेखर समूहको निष्कर्ष : देउवा पार्टीको नेतृत्व गर्न असफल

0

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेको छ । 

बिहीबार काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति देउवालाई पार्टीको विधि विधान कार्यान्वयनका लागि रचनात्मक दबाब दिने निस्कर्ष निकालेको हो । 

पार्टीको विधान कार्यान्वयनका लागि पटक पटक आग्रह गर्दा पनि सभापति देउवाले बेवास्ता गरेपछि असन्तुष्टि पक्षले छुट्टै भेला बोलाएका हुन् । 

बैठकपछि नेता चन्द्र भण्डारीले बैठकमा आफ्नो विचार समूहलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको बताए ।

बैठकमा सहभागी नेताहरुले पार्टी सभापति देउवाले पार्टीको नेतृत्व गर्न नसकेको आरोप समेत लगाएका छन् । 

उनीहरुले सभापति देउवाले सिंगो पार्टीको नभई गुटको प्रतिनिधित्व गरेको गुनासो समेत गरेका छन् । बैठक शुक्रवार २ बजेपछि पुनः बस्नेछ । 

बैठकमा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.