ओली र वामदेवबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

0

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । 

नयाँ पार्टीको घोषणा गरेका गौतम बिहीबार ओली निवास बालकोट पुगेर छलफल गरेका हुन् । सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीसँग छलफल गरेको सो दलले जनाएको छ । 

गौतमले ओलीपछि अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने बताइएको छ । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने प्रयास स्वरुप गौतमले ओलीसँग छलफल गरेको बताइएको छ । 

ओलीले भने नेकपा फरक दलको अभ्यास गर्नु भन्दा नेकपा एमालेमै रहन गौतमलाई आग्रह गरेका छन् । 

एमाले छाडेपछि एकता अभियान चलाइरहेका गौतमले दुई दिन अघिमात्र नेपाल कम्युनिस्ट पार्टी एकता अभियान नामक दल दर्ता गरेका थिए ।

Leave A Reply

Your email address will not be published.