प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । 

६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले बिहीबार संघीय संसद भवनमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै संघ र प्रदेशको निर्वाचत पनि समयमै हुने बताएका हुन् । 

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक प्रणालीमा अध्यावधिक निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री देउवाले दलहरुसँगको छलफल पछि निर्वाचनको मिति तोकिने बताए । 

मुलुकलाई विकास र स्थायित्वतिर लाने दायित्व सबैको भएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । 

उनले जननिर्वाचित व्यवस्थाअनुसार नै सबै अगाडि बढ्नुपर्ने धारणा राखे । 

प्रधानमन्त्री देउवाले संसद, संसदीय समितिको निर्देशनलाई सरकारले पालना एवं कार्यान्वयन गर्ने विश्वास दिलाए ।

Leave A Reply

Your email address will not be published.