भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह

0

काठमाडौं : भारतको तपोवन धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिएको छ । 

बिहीबार बिहान पाँच बजेदेखि भारतले बाँध सफा गर्न गर्न ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

बाँधको ढोका बिहीबार बेलुका आठ बजेसम्म खुला हुने बताइएको छ । 

महाकाली जलाधारका केही ठाउँमा वर्षासमेत भएकाले नदीमा एक्कासी बहाव बढ्न सक्ने भएकाले सतर्क रहन प्रशासनको आग्रह छ । 

महाकाली नदीमा जलसहत बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.