निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलामा के छ ? (पूर्णपाठ)

0

काठमाडौं : सर्वोच्च अदालतले निजगढ विमानस्थलका सम्बन्धमा जेठ १२ गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । 

बुधबार प्रकाशित पूर्णपाठमा सर्वोच्चले विमानस्थल निर्माणबारे पुनः सम्भाव्यता अध्ययन गरेर योजना बनाउन सरकारलाई निर्देशन दिएको छ । 

विमानस्थल निर्माण गर्दा पर्यावरणमा न्यूनतम मात्रै क्षति हुने गरी आवश्यकभन्दा बढी रुख नकाट्न र क्षेत्र प्रयोग नगर्न पनि सर्वोच्चले निर्देशन दिएको छ । 

वृहत पूर्ण इजलासले फैसला गरेको उक्त मुद्दामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोज शर्माले फरक मत राखेका छन् । 

उनीहरुले राज्यको ठूलो स्रोत साधान खर्च भइसकेकाले निजगढमा कम वातावरणीय क्षतिमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त हुने राय दिएका छन् । 

निजगढ विमानस्थल बनाउन नहुने न्यायाधीश ईश्वर खतिवडाको रायमा विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत भने एक मत भएका छन् ।

Leave A Reply

Your email address will not be published.