साकेला नाच्दै मनाइयो बेल्जियममा उभौली पर्ब

0

युरोपको राजधानी बेल्जियममा बसोबास गर्ने किराँती समुदायले सामुहिक रुपमा उभौली पर्ब (साकेला/याक्वा सेवा) मनाएका छन् | किराती समुदायले प्रत्येक बर्ष मनाउने उभौली सेवा कोरोना महामारीले गत बर्ष मनाइएको थिएन|

नेपाल, भारतको सिक्किम, भुटान, अमेरिका, युके तथा अन्य किराँती समुदाय बसोबास रहेको ठाउँमा खेतीपाती शुरु गर्नु अघि यो चाड मनाउने गरिन्छ |


प्रकृति पूजक किराँतीहरु बालीनाली लगाउन अगावै प्रकृतिसंग आफ्नो खेतीपातीको रक्षाका लागि देवीदेवताको पुजाआर्चन गर्ने चलन छ | सो परम्पराको महत्व दर्शाउदै सांकेतिक रुपमा किरात समुदायका ज्येष्ठ नागरिकहरु देवान राई, पुपुषा चोंगबांग लिम्बु र इन्द्रमाया चोंगबांग लिम्बु द्वारा सद्ब्युपल्ब्यु (बिउबिजन) छरेर कार्यक्रम शुरु भएको थियो|

आफ्नो जन्मभूमीबाट टाढा रहेर पनि नेपालमा भएका संस्कृति, रितिरिवाज जोगाउन बेल्जियमका नेपाली समुदायको प्रयासलाई सबैले प्रशंशा गर्ने गरेकाछन । उक्त कार्यक्रममा एभरेष्ट नेपाली सोसाइटिका अध्यक्ष खडानन्द पौडेलले सम्पूर्ण किराँती समुदायलाई उभौलीको शुभकामना दिनका साथै कार्यक्रम सफल आयोजनाको लागी धन्यबाद दिनु भएको थियो |

नेपाल आदिवासी महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्तीमगरको प्रमुख आथित्यमा भएको कार्यक्रममा तमु समाज बेल्जियमका प्रतिनिधि सुमित्रा गुरुङ, बिश्व मगर संघ बेल्जियमका प्रतिनिधि निता पुन एवं एभरेष्ट नेपाली सोसाइटिका भूतपूर्व अध्यक्षहरु श्री कृष्ण श्रेष्ठ र श्री दुर्गा सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

संयुक्त किरांत समाज बेल्जियमका सदस्य श्री शोभा लिम्बुको नेतृत्वमा “साकेला”/चण्डी, र च्याब्रुङ नाच प्रदर्शन गर्दै उल्लस पूर्वक उभौली पर्ब मानाइएको थियो ।


उक्त कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष श्री कबिता साउदेनले गर्नु भएको थियो भने, संचालन सचिब श्री दौलत साम्बाले गर्नु भएको थियो |

Leave A Reply

Your email address will not be published.