नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल जारी : गृहमन्त्री खाँण

0

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन् । 

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नागरिकता विधेयकको सम्बन्धमा राजनीतिक तहमा निस्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताएका हुन् । 

गृहमन्त्री खाँणले आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने उल्लेख गरे ।

गृहमन्त्री खाँणले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको
विधेयकलाई पनि छिट्टै पारित गर्नुपर्ने बताए । 

उनले संसदीय समितिहरुलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको बताए । 

संसदीय समितिहरुमा रिक्त रहेको सभापतिको चयनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई अवगत गराउने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.