काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १४ पुग्यो

0

काठमाडौं : काठमाडौं उपत्यकामा हैजाको संक्रमण पुष्टि हुने बिरामीको संख्या १४ पुगेको छ । 

काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । 

संक्रमितमध्ये आठ जना निको भएर घर फर्केका छन भने बाँकीको टेकु पाटन र बयोधा अस्पतालमा उपचार भैरहेको छ । 

पहिलो संक्रमित बस्ने ठाउँ वरपर पानीको नमूना परीक्षण गर्दा कोलिफर्म भन्ने जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।

ललितपुरबाट १८ ठाउँको नमूना परीक्षण गर्दा १२ नमूनामा इकोलाइजी भन्ने जिवाणु भेटिएको मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयले पानी शुद्धिकरण तथा यसबाट बच्ने उपायका बारेमा कार्ययोजना अघि बढाएको मन्त्रालयले जनाएको छ । 

हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.