बेरुजु फर्छ्यौटलाई अभियानका रुपमा अघि बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फर्छ्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्ने बताएकी छन् । 

महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक अनुशासन पालनामा जोड दिँदै बेरुजु घटाउनुपर्ने बताएकी हुन् । 

सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता अहिलेको आवश्यता भएको भन्दै राष्ट्रपति भण्डारीले मुलुकमा विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सम्पूर्ण निकायको समन्वयात्मक प्रयासको आवश्यकता औंल्याइन् ।

राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको प्रतिवेदनमार्फत् उठेका विषयलाई संघ, प्रदेश र स्थानीय सभाले गम्भीर रुपमा लिनुपर्ने बताइन् । 

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्माले यसवर्ष बेरुजु फर्छ्यौटमा उत्साहजजनक काम हुन नसकेको बताए ।

महालेखापरीक्षक शर्माले यस वर्षदेखि विद्युतीय प्रणालीबाट लेखापरीक्षण गर्न लागिएको जानकारी दिए । 

सार्वजनिक निकायको सुशासन बहालीका लागि महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।

Leave A Reply

Your email address will not be published.