ओलीको आरोप- एसपीपीसम्बन्धी पत्रमा मिति संशोधन गरियो

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी ‘एसपीपी’सम्बन्धी पत्रमा मिति संशोधन गरिएको आरोप लगाएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा एसपीपीमा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको उनको दाबी छ । 

जनदबाबले एसपीपी रोकिएको भन्दै अध्यक्ष ओलीले संशोधनका विषयमा अमेरिकी दूतावास बोल्नुपर्ने बताए ।

अध्यक्ष ओलीले एसपीपीबारे तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीबाट पनि यथार्थ जानकारी आउनुपर्ने बताए । 

एसपीपी आफ्नो समयमा ल्याएको र अहिले रोकिएको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा ढाँटिएको उनको गुनासो छ । 

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसपीपी ओलीको पालामा ल्याएको भनेर फट्याइँ गरिरहेको आरोप लगाए ।

अध्यक्ष ओलीले एमसीसीमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड मिलेर सम्झौता गरेको आरोप लगाए । एमसीसीलाई सभामुख अग्निप्रसाद सापकोटाको पदसँग साटेको उनको दाबी छ ।

Leave A Reply

Your email address will not be published.