नवनियुक्त मन्त्रीहरुले लिए शपथ

0

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले सोमबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि नयाँ मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीले सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ लिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत संबैधानिक निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

नेकपा एकीकृत समाजवादीले जेठ २२ गते नै मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेपनि तीन सातासम्म कार्यान्वयन हुन सकेको थिएन ।

अध्यक्ष माधव नेपालले सोही दिन प्रधानमन्त्री देउवालाई मन्त्री हुनेको सूचि बुझाएपनि २१ दिनपछि उनीहरु मन्त्रीमा नियुक्त भएका हुन् ।

Leave A Reply

Your email address will not be published.