निवर्तमान श्रममन्त्री श्रेष्ठको दाबी- मन्त्री पदमा रहिरहन शक्तिकेन्द्र धाइनँ

0

काठमाडौं : निवर्तमान श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा रहिरहनका लागि शक्तिकेन्द्र नधाएको दाबी गरेका छन् ।

श्रममन्त्रीबाट बिदा भएपछि सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले आठ महिना २१ दिन पदमा रहँदा कुनै पनि गलत काम नगरेको दाबी गरेका हुन् ।

मन्त्रीमा बस्न र पार्टी छाडन खुमलटार र बालुवाटार नधाएको भन्दै श्रेष्ठले मन्त्री हुनुअघि नै मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढ्ने हैसियत आफ्नो रहेको उल्लेख गरे ।

श्रेष्ठले आफ्नो कार्यकालमा केही युगान्तकारी कदम चालेको भन्दै कामको जनताले मूल्यांकन गर्नुपर्ने बताए ।

उनले जितपुर सिमरामा श्रमिक अस्पताल निर्माण प्रक्रिया अगाडि बढाइएको, विदेश जान लागेका श्रमिकले पाइरहेका दुःख हटाउन सक्दो प्रयास गरेको, करोडौँ रुपैयाँ ठगिएको पैसा असुल गर्न सफल भएको बताए ।

त्यस्तै सोझासाझा श्रमिकलाई ठग्ने दलाललाई रेडकर्नर नोटिस जारी गरेर नेपाल फिर्ता ल्याउन सफल भएको जस्ता काम आफ्नो कार्यकालमा भएको श्रेष्ठले बताए ।

Leave A Reply

Your email address will not be published.