नवनियुक्त मन्त्रीहरुले शपथसँगै पदभार सम्हाल्दै

0

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले सोमबार शपथसँगै पदभार ग्रहण गर्दैछन् ।

आइतबार नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि नयाँ मन्त्रीले आज बिहान ११ बजे शपथ लिन लागेका हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका छन् ।

नेकपा एकीकृत समाजवादीले जेठ २२ गते नै मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । त्यसैदिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि तीन हप्तापछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।

Leave A Reply

Your email address will not be published.