मन्त्री आलेले भने- मैले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याएँ

0

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।

राजीनामाबारे जानकारी दिन आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो काममको मूल्यांकन जनताले गर्ने बताए ।  

‘कसैले तपाईंको कामबाट कति ल्याउँछस? भनेर सोधे भने ९० प्रतिशत अंक ल्याएको ठानेको छु,’ पत्रकार सम्मेलनमा आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् ।’

उनले आफू पक्रयामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए ।  उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले बताए । 

उनले आफूले काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि त्यसअनुसार काम नगरेको बताए ।

त्यसैगरी गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थाल निर्माण सम्पन्न हुनु आफ्नो उपलब्धि भएको आलेको भनाइ छ । उनले त्रिभुवन विमानस्थलमा निशुल्क बस सेवा सञ्चालन गरिनु पनि उपलब्धि भएको बताए । उनले विभिन्न ठाउँमा विमानस्थल निर्माण भएको बताए । 

मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए । 

Leave A Reply

Your email address will not be published.