काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुग्यो

0

काठमाडौं : काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या दश पुगेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएका हुन् । 

यसअघि डिल्लीबजार, बागबजार, बालाजु, बल्खुलगायत स्थानमा आठ जना हैजाका विरामी फेला परेका थिए । अझै केहीको नमुना परिक्षणका क्रममा रहेकाले हैजाका बिरामी बढ्न सक्ने भन्दै सर्तकता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । 

हैजाको संक्रमण झाडापखला भन्दा छिटो फैलने तथा यसले स्वास्थ्यमा पार्ने जटिलता समेत गम्भीर हुने भएकाले समयमा उपचार नभए मृत्यु समेत हुने गर्दछ ।

पछिल्लो समय हैजाका बिरामी बढ्न थालेसँगै यसको महामारीको जोखिम समेत बढको छ । जसबाट बच्न स्वास्थ्यकर खानेकुरा खाने, पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पानी पिउने तथा हातको सफाईमा ध्यान दिन चिकित्सकको आग्रह छ ।

Leave A Reply

Your email address will not be published.