रामकुमारी झाँक्रीले दिइन् मन्त्री पदबाट राजीनामा, रुँदै भइन् बिदा

0

काठमाडौं : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै  उनले राजीनामा दिएकी हुन् ।

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै आइतबार नै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् । 

झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन शुरुवातमै उनी रोइन् । उनले पटक पटक टिस्यु पेपरले आँखा पुछेकोसमेत देखिएको थियो ।

मन्त्रालयका कर्मचारीले झाँक्रीलाई खादा लगाएर बिदाइ गरेका थिए ।

Leave A Reply

Your email address will not be published.