पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामा

0

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका हुन् ।

अध्यक्ष नेपालले शनिबार विहान एक कार्यक्रममा केही मन्त्रीहरूको राजीनामापत्र आफुले बोकेर हिडेको बताएका थिए । आलेले आफ्नो राजीनामाबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेका छन् ।

एकीकृत समाजवादीले जेठ २२ गते नै मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो । तर प्रधानमन्त्रीले नयाँ मन्त्रीलाई अझै सपथ गराएका छैनन् ।

समाजवादीबाट सरकारले विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रामकुमारी झाँक्री शहरी विकास, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् ।

पार्टीले शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिस गरेपनि अझै सपथ हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.