सार्वजनिक यातायातको भाडा घट्यो

0

काठमाडौं : सरकारले प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ ।

आयल निगमले इन्धनको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको हो । विभागले आइतबारदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।

यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा पनि ७.६८ प्रतिशतले भाडा घटाइएको छ ।

पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा स्वचालित रूपमा सार्वजनिक यातायातको भाडादर बढाइएको थियो ।

शनिबार नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल र मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.