५ देखि १२ वर्षमुनिका बालबालिकालाई आजबाट कोरोनाविरुद्धको खोप दिइने

0

काठमाडौं : आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ ।

आजदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ ।

देशभर ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य छ । बालबालिकालाई खोप लगाउनका लागि एक हजार तीन सय खोप केन्द्र तोकिएका छन् ।

खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो । बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाइँदै छ ।

फाइजर खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत देखिएको छ । खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको छ ।

खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।

Leave A Reply

Your email address will not be published.