१७ एसएसपी डीआईजीमा बढुवा सिफारिस

0

काठमाडौं : १७ जना प्रहरी बरिष्ठ उपरीक्षक ‘एसएसपी’ प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’मा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले १७ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा कार्यरत एसएसपी बसन्त बहादुर कुँवर एक नम्बरमा डीआईजीमा बढुवा सिफारिस भएका छन् ।

यस्तै मानव बेखविखन अनुसन्धान ब्युरोमा कार्यरत टेक प्रसाद राई दोस्रो र तेस्रो नम्बरमा कार्य विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत अशोक सिंह बढुवा सिफारिस भएका छन् ।

चौथो नम्बरमा एसएसपी दीपक थापा, पाँचौँ नम्बरमा श्यामलाल ज्ञवाली, छैटौँमा किरण बज्राचार्य र सात नम्बरमा सन्दिप भण्डारी डीआईजीमा बढुवा सिफारिस भएका छन् ।

यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख सुदिप गिरी आठौँ नम्बरमा बढुवा हुँदा मिरा चौधरी नवौँ नम्बरमा बढुवाको सिफारिसमा परेकी छिन् ।

योपटक चार महिला किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका छन् । चारैजनाको अब आईजीपी बन्ने सम्भावना कायम छ ।

प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् । प्रहरीमा २० डीआईजीको दरबन्दीमध्ये १७ पद रिक्त थियो ।

१९ वैशाखमा तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै १२ जना डीआईजीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए ।

त्यस्तै केही समयअघि पाँच जना डीआईजी एआईजीमा बढुवा भएपछि रिक्त डीआईजीको दरबन्दी १७ पुगेको थियो । १७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए ।

आईजीपी धीरजप्रताप सिंह प्रहरीको ३० वर्षे सेवा हदका कारण चैतमा अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि अहिले डीआईजी बढुवा भएकामध्येबाट एक जना आईजीपी बन्नेछन् ।

Leave A Reply

Your email address will not be published.