एनआरएनएले गर्‍यो राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

0

गैरआवासीय नेपाली संघले  राष्ट्रिय  आविष्कार केन्द्रलाई रु १२,८७,५८०.४७ (बार लाख सतासी हजार पाँचसय असी रुपैयाँ सतचालिस पैसा) हस्तान्तरण गरेको छ।

 संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सो रकम बराबरको चेक हस्तान्तण गरे ।


संघको सभा कक्षमा आयोजित कार्यक्रममा बोल्दै पुनले एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे। विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा जाने भएकाले त्यसको ५ प्रतिशत नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने , देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने उनले बताए ।

त्यस्तै राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनुपर्नेमा उनले  जोड दिए ।

 गैर आवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने उनले सुझाव दिए ।

 एनआरएनएका  कार्यकारी अध्यक्ष आचार्यले गैर आवासीय नेपाली संघले कमिटमेन्ट गरेको रकम हस्तान्तरण गर्न पाउँदा गैर आवासीय नेपालीहरु खुसी भएको बताए। त्यस्तै विदेशमा सिकेको  ज्ञान,सीप र लगानी नेपालमा हस्तान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्थाहरू उपयुक्त रहेको उनले बताए।  त्यस्तै  एनआरएनए पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार भएको उनले जनाए।

सो रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाले गरेका थिए।

Leave A Reply

Your email address will not be published.