दशौं लाख टन खाद्यान्न रोक्ने रुसी कदमलाई ईयूले दियो ‘युद्ध अपराध’को संज्ञा

0

एजेन्सी : युरोपेली संघ ‘ईयु’ले युक्रेनमा उत्पादित दशौँ लाख टन खाद्यान्न रोक्ने रुसी कदम ‘युद्ध अपराध’को संज्ञा दिएको छ । ईयूका विदेशनीति प्रमुख जुजेप बोरेलले रुसले युद्ध अपराध गरेको बताएका हुन् ।

युक्रेनबाट आउने निकै महत्त्वपूर्ण खाद्यान्नमा अवरोध पुर्‍याइराखेमा रुसलाई जिम्मेवार ठहर्‍याइनुपर्ने बोरेलको भनाइ छ । उनले दशौँ लाख टन गहुँ युक्रेनमा अड्किरहँदा बाँकी विश्वका मानिसहरू भोकमरी झेल्ने कुरा अकल्पनीय रहेको बताएका छन् ।

बोरेलले रुसलाई युक्रेनी बन्दरगाहहरूको अवरोध खुलाउन आह्वान समेत गरेका छन् । पश्चिमा देशले रुसलाई युक्रेनको ब्ल्याक सी तर्फका बन्दरगाहहरूमा नाकाबन्दी अन्त्य गर्न र खाद्यान्नको विशाल भण्डार विश्व बजारसम्म पुर्‍याउने बाटो खोल्न माग गर्दै आएका छन् ।

रुसले भने खाद्यान्नको बढ्दो मूल्य र मध्यपूर्व तथा अफ्रिकामा देखा परेको खाद्य संकट ईयूले लगाइरहेको आर्थिक नाकाबन्दीका कारण भएको दाबी गर्ने गरेको छ ।

नाकाबन्दीका कारण करोडौँ मानिसहरू भोकमरीको जोखिममा परेको र खाद्यान्नको मूल्य निकै बढिरहेको छ ।

Leave A Reply

Your email address will not be published.