वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

0

काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । 

कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको हो ।

संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई स्पष्टीकरण पनि सोधेको थियो ।

Leave A Reply

Your email address will not be published.