इन्धनको मूल्य बढेसँगै हवाई र गाडी भाडा बढ्यो

0

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारी साधन र हवाई भाडा बढेको छ । 

नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथ मट्टितेलमा २७ रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएपछि सार्वजनिक सवारी साधन र हवाई भाडा बढेको हो ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालवाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो । 

विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको जनाएको छ । 

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले वृद्धि भएको हो । 

यो भाडावृद्धि राष्ट्रियस्तरको रुपमा सञ्चालन हुने सार्वजनिक यातायातको हो । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत राखिएको छ । 

इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने गरेको छ । 

यस्तै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गरेका छन् ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।

काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब यो विमानस्थलसम्मको यात्राका लागि अधिकतम ४ हजार १९५ पुगेको छ । 

No description available.

Leave A Reply

Your email address will not be published.