असार ९ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

0

काठमाडौं : सरकारले असार ९ गतेदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको जनाएको छ । बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा खोप अभियान सञ्चालन हुने छ ।

२७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन दुई गतेदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने भएको छ ।

यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ पाँचदेखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज एक गतेसम्म सञ्चालन गरिने छ ।

फाइजरको खोपको प्रभावकारित ९१ प्रतिशत रहेको छ । खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने तयारी छ ।

Leave A Reply

Your email address will not be published.