मंकीपक्स आशंका गरिएको व्यक्तिमा कुष्ठरोग पुष्टि

0

काठमाडौं : मंकीपक्सको आशंका गरिएको २६ वर्षीय पुरुषमा कुष्ठरोग पुष्टि भएको छ । 

त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले आँखा र कानको ३ वटा नमूना संकलन गरी राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा कुष्ठरोगको जिवाणु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल र राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले परीक्षण गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार २९ मुलुकमा एक हजार बढीमा मंकीपक्सका बिरामी भेटिएका छन् । नेपालमा आजसम्म कसैलाई पनि मंकीपक्स पुष्टि भएको छैन ।

No description available.
Leave A Reply

Your email address will not be published.